झापामा लकडाउन उल्लघंन गर्नेलाई १ घण्टासम्म उभ्याएर छाडिने ! सेयर गरौ


स्रो चरणको लकडाउन चलिरहदा जिल्ला प्रहरी झापाले थप कढाई गर्दै नियम उल्लंघन गर्नेहरुलाई एक घण्टा उभ्याएर कोरोनाबाट बच्नको लागि सचेतना गरि पठाउने गरिएको छ । सुरुको दिन नै झापाको बिर्तामोडमा एक सय बढी सर्वसाधारणलाई नियन्त्रणमा लिएर प्रहरीले छाडेको छ । उनीहरुलाई सामाजिक दुरीमा एक घण्टा उभ्याएर पठाईएको थियो ।

साँझको समयमा विभिन्न बहाना देखाएर मानिसको चहल पहल बढन थालेपछी प्रहरीले यस्तो कदम चाल्नु परेकोे ईलाका प्रहरी कार्यालयका बिर्तामोडका डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनु भयो । प्रहरीले साना गाडी, मोटरसाईकल, साईकल र पैदल हिडने सबैलाई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा अत्यावश्यक काममा हिडेकालाई भने प्रहरी सहजै छोडिदिएको थियो ।