विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१,७०९ पुग्यो, संक्रमितको संख्या १५ लाख ५० हजार नाघ्यो


विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ हजार, ७ सय ९ पुगेको छ । त्यस्तै संक्रमितको संख्या १५ लाख ५० हजार ३३९ पुगेको छ, जसमध्ये ३ लाख ४४ हजार ७ सय ९४ जना निको भइसकेका छन् । वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्ममा ४ लाख ३६ हजार ५०३ वटा केस बन्द भइसेका छन्, भने ११ लाख १३ हजार ८ सय २६ वटा केस एक्टिभ छन् ।

चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । यो समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या १८ हजार २ सय ७९ पुगिसकेको छ । त्यस्तै संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ पुगेको छ, भने निको हुनेको संख्या २८ हजार ४ सय ७० पुगेको छ ।

त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण १५ हजार २ सय ३८ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय ४६ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ५२ हजार १६५ पुगेको छ ।

संयुक्तराज्य अमेरिकामा ४ लाख ४० हजार ४१६ कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ८१२ को ज्यान गइसकेको छ । यसैबीच २४ हजार ५०४ निको भएर फर्किएका छन् ।

फ्रान्समा १ लाख १२हजार ९५० जना कुल सङ्क्रमित भएका छन् भने, १० हजार ८ सय ६९ को मृत्यु भएको छ । यसैबीच २१ हजार २५४ निको भएर फर्किएका छन् । यता चीनमा पनि ८१ हजार ८६५ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३३५ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ३ सय ७० निको भएर फर्किएका छन् ।

इरानमा ६६ हजार २२० कुल सङ्क्रमित भएका छन् भने, ४ हजार ११० को मृत्यु भएको छ । यसैबीच ३२ हजार ३०९ निको भएर फर्किएका छन् । बेलायतमा ६० हजार ७३३ कुल सङ्क्रमित भएका छन् भने, ७ हजार ०९७ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

त्यस्तै, नेदरल्याण्डसमा पनि ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ९६ पुगेको छ, भने संक्रमितको संख्या २१ हजार ७६२ पुगेको छ, जसमध्ये २ सय ५० जना निको भइसकेका छन् ।

यता वेल्जियममा पनि ज्यान गुमाउनेको संख्या २ हजा ५ सय २३ पुगेको छ । संक्रमितको संख्या २४ हजार ९८३ जना पुगेको छ, भने ५ हजार १६४ निको भइसकेका छन् ।

यसैबीच, पोर्चुगल, टर्की, क्यानाडा, ब्राजिल, साउथ कोरिया, अष्ट्रियालगायतका देशहरुमा पनि सयौंले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या हजारौं पुगिसकेका छन् । नेपालमा पनि कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ, जसमध्ये एक जना निको भएर फर्किसकेका छन् । आठ जनाको उपचार भइरहेको छ ।