अछामको चौरपाटी गाउँपालिका वडा नं.५ लुग्रा घर भई हाल मुम्वईमा बसोबास गर्दै आएका चेतमान खड्काको परिवार कोरोना भाईरसबाट संक्रमित भएका छन । खड्काले सार्वजनिक फेसबुकमा आफू, श्रीमति, भाई र भतिजा कोरोना भाईरसबाट संक्रमित भएको सार्वजनिक गर्नुभएको छ ।
चार जनाको अस्पतालमा उपचार भईरहेको छ भने उनका ६ जना परिवार क्वारेन्टाईनमा बस्दै आउनुभएको छ । चारै जनाको स्वास्थ्यमा सुधार हुँदै गएको पनि पारिवारिक श्रोेतले जानकारी दिएको छ । कोरोना भाईरसबाट संक्रमित भएको १० दिनपछि सामाजिक सञ्जामा मार्फत स्टास लेख्दै खड्काले आफू सहित आफ्नो परिवारले कष्टकर जीवन विताउनु पर्दा असह्रय पिडा वोध भएको लेख्नुभएको छ ।
मार्मिक स्टास लेख्दै्र खड्काले १० दिनको अस्पतालको बसाई १० वर्ष जस्तो भएको उल्लेख गर्नुभएको छ ।उहाँले कोरोना भाईरसबाट आफ्नो परिवारले कष्टकर जीवन विताउनु परेको उल्लेख गर्दै सवै नेपालीलाई सुरक्षित रुपमा बस्न आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाईरसबाट बच्ने उपाए भनेको सुरक्षित रुपमा घरमा बस्नु अन्तिम विकल्प रहेको बताउँदै सरकारले जारी गरेको लकडाउनलाई पालना गर्न आग्रह गर्नुभयो ।
भारतमा पनि दिनप्रतिदिन सक्रमितको सख्या वढ्दै गएको वेला सम्पूर्ण भारत तथा नेपालमा बस्ने दाजूभाईलाई सुरक्षित रुपमा घरमा नै बस्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया