मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
उपहारका नाउँमा बिग्रेको बस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव एवम् कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नजिकका साथीभाई टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ ।
मकर ( जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो )
प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ ।
प्रतिक्रिया