Logo

भारतमा लकडाउन लम्बिने निर्णय भइसक्यो–केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउन बढ्ने निर्णय भइसकेको बताएका छन् ।शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फ्रेन्सपछि उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लकडाउनलाई अगाडि बढाउने सही निर्णय गरेका छन् ।’

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन बढाउने विषयमा केन्द्र सरकारले भने आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । भारतमा २१ दिने लकडाउन २४ मार्चबाट सुरु भएको हो ।

Arvind Kejriwal

@ArvindKejriwal
PM has taken correct decision to extend lockdown. Today, India’s position is better than many developed countries because we started lockdown early. If it is stopped now, all gains would be lost. To consolidate, it is imp to extend it

52.4K
2:56 AM – Apr 11, 2020
Twitter Ads info and privacy
14.7K people are talking about this
भारतमा ७ हजार ६ सयमा कोरोना पुष्टि भएको र २४९ जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । onlinekhabar

प्रतिक्रिया दिनुहोस्