नेपालमा फेरि ३ कोरोना संक्रमित थपिए , यो सँगै संक्रमितको संख्या १२ पुग्यो (हेर्नुहोस भिडियो सहित )


बीरगञ्जमा उपचार”रत तीन जनामा कोरोना संक्रम”णको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो ।यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमि’तहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।

बिहीबार स्क्रीनिङको क्रम’मा उहाँहरुले आफू भारतबा”ट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताउनुभएको थियो । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रह’रीले जनाएको छ ।हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनु”सन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजे’टिभ हो वा होइन भन्ने छुट्या’उन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित ‘राष्ट्रिय ज’नस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।काठमाण्डौमा परिक्षण पछि पनि उहाँह’रुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।यद्यपी आधिकारीक पुष्टी भने सरकारले गरेको छैन । आधिकारिक घोषणा भोलि गरिने सामा’जिक विकास मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ ।

हेटौडा’को परीक्षण केन्द्रमा तीन पटक परीक्ष’ण गर्दा पनि रिपोर्ट पोजेटिभ देखिएपछि तीनै जना’को पुन परीक्षणको लागि काठमाडौ पठाईएको कीटजन्यरोग अनुसन्धान केन्द्र वाग्मती प्रयोगशा’लाका निमित्त प्रमुख नारायण कार्कीले बताउनुभयो ।उहाँहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानग’रपालिका छपकैयास्थित मस्जिदमा’ लुकेर वसे’को अवस्थामा नियन्त्रणमा लिएर नारा’यणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्सा’का सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले जानकारी दिनुभयो । – हेल्थ पाटी बाट साभार