प्रधानमन्त्रीले विपद्का सूचना सङ्कलन प्रभावकारी रुपमा गर्नुपर्ने, सूचनाहरुको सही रुपमा तथ्याङ्क राख्नुका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी जनचेतनामूलक काम गर्न सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ ।
परिषद्का प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलका अनुसार बैठकमा कोरोना भाइरसलगायत सबै खालको विपद्बाट हुने जोखिमका विषयमा छलफल भएको छ ।
बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपालका काँग्रेसका सभापति नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा मन्त्रीहरु उपस्थित रहेको थियो ।
प्रतिक्रिया