ब्राजिलियन फरवार्ड नेयमारको आमा २२ वर्षीय युवकसँग डेटिङ गरिरहेको फोटो सार्वजनिक भएपछि अहिले यो भाइरल बनेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेल्ने फरवार्ड नेयमार २८ वर्षका भए । तर उनकी आमा ५२ वर्षीय नादीन गोनकाल्भ्स भने छोराभन्दा पनि ६ वर्ष कान्छो उमेरका व्यक्तिको प्रेममा परेकी छन् ।
५२ वर्षीय नादिनले समाजिक संजाल इन्स्टाग्राममा फोटो पोष्ट गर्दै प्रेम सार्वजनिक गरेकी हुन् । उनले आफूभन्दा ३० वर्ष कान्छा टियागो रामोससँगको प्रेम सम्बन्ध भएको सार्वजनिक गरेकी हुन् । ब्राजिलियन अनलाइन युओएलका अनुसार टियागो रामोस २२ वर्षीय मोडेल र गेमर हुन् । उनीहरुबीच मोडलिङकै क्रम भेट भएको जनाइएको छ ।
रामोससँगको एक फोटो पोस्ट गर्दै नादिनले उनीसँगको क्षण वर्णन गर्न नसकिने जनाएकी छिन् । यस्तै उक्त फोटोमा रामोसले पनि व्याख्या गर्न नसकिने खालको बताएका छन् ।
नेयमार र नेयमारको बुबाले पनि उक्त फोटोलाई समर्थन जनाएका छन् । नेयमारले पनि आफ्नो आमालाई खुसी रहनु भनेका छन् । ‘खुसी रहनु मम, तपाईंलाई माया,’ नेयमारले कमेन्ट गरेका छन् ।
२२ वर्षीय रामोस गेम फ्रि फायरको खेलाडी हुन् । उनी फोर के एजी टिमको मेम्बर हुन् जसले एनएफए लिग खेल्छ । नेयमारका आमा र बुबा विवाह गरेको २५ वर्षपछि सन् २०१६ पछि छुट्टाछुट्टै बस्दै आएका छन् ।
प्रतिक्रिया