सनसिटीमा जोडिएका यी ३ बैंकको एटिएम बुथमा जानु त भएको छैन ? कोरोना परिक्षण गर्नुहोस् है ……(भिडियो सहित)


२ बैशाख काठमाडौं काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि सो क्षेत्र आसपास बस्ने मानिसहरुमा त्रास उत्पन्न भएको छ ।

लगभग ५ सय परिवारको बसोबास रहेको उक्त अपार्टमेन्टमा गत चैत ५ गते बेलायतबाट आएको एक परिवारको ३ जनालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि सो क्षेत्र आसपास बस्नेहरुमा त्रास बढ्न थालेको सामाजिक सञ्जालमा उनीहरुले राखेको स्टाटसबाट बुझ्न सकिन्छ ।

अपडेट :

२८ दिनअघि बेलायतबाट फर्किएका ३ जनामा सोमबार र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरी पुनः परीक्षण गरिएको थियो। पुनः परीक्षणका क्रममा आज (मंगलबार) ८१ वर्षीया आमा र उनका ५८ वर्षीय छोरामा कोरोना संक्रमणको पुष्टि भएको हो।

आज विभिन्न समाचार माध्यममा समाचार प्रकाशित हुनअगाडी सनसीटी अपार्टमेन्टमा रहेको एक बैंकको एटिएमबाट नगद निकालेका सौरभ कार्कीले काँडाघारी-टाउनप्लानिङ्ग-पेप्सिकोला आसपास बस्ने मानिसहरुमा यथासक्य चाँडो कोरोना चेक गर्न सरकारसँग माग गरेका छन् ।

उनी भन्छन् सनसिटी अपार्टमेन्टमै जोडिएको तिनवटा एटिएम छ । नबिल, ग्लोबल र सनराइज बैंकको जसले गर्दा त्यहाँ धेरै मानिसहरुको आवतजावत हुन्छ । एटीएमबाट कोरोना अरु मानिसहरुमा पनि सर्न सक्ने भएकाले सो क्षेत्रलाई तुरुन्तै लकडाउन गरेर आशंका लागेका मानिसहरुको कोरोना चेक गर्न व्यवस्था गर्नुपर्छ ।

 

केही सञ्चारमाध्यममा सनसिटी अपार्टमेन्टमा केही समय अगाडी लगभव २ सय ८५ जना व्यक्तिहरुको उपस्थितिमा भएको आन्तरिक चुनावमा आज कोरोना आशंका गरिएका व्यक्तिहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका थिए भन्ने समाचार आएपछि सोही अपार्टमेन्टको ८ औं तलामा बस्ने साजन दाहाल भन्छन् । ” म यही बिल्डिङको ८ औं तलामा बस्छु । वहाँहरु नेपाल आएपछि आइसोलेसनमा बस्नुभएको थियो । बाहिर त्यति हिड्नुभएको थिएन । निवार्चन लकडाउन हुनुभन्दा २ दिन अगाडी भएको हो । समाचारमा भनिएजस्तो उहाँहरुको त्यसमा भूमिका थिएन ।