भारतबाट फर्किएका दुई जना जमातिमा र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ आएको छ । अब उनीहरुको पीसीआर विधिबाट टेष्ट हुनेछ । जेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा मंगलबार र्यापिड परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनकाअनुसार भारतको जमातिबाट आएका सात जनाको परीक्षण गरिएको थियो, उनीहरुमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
पोजेटिभ देखिएका एक जना खडग नगरपालिका ११ का तथा एक जना तिलाठी कोइलाडी गाउापालिकाका हुन् ।उनीहरु भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खेलेको मानिएको दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भई फर्किएका थिए ।
दिल्लीबाट फर्किएको जानकारी पाएपछि परीक्षणका लागि अस्पताल ल्याएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।र्यापिड पोजेटिभ देखिएका दुई जना र नेगेटिभ देखिएका पाच जनाको थ्रोट स्वाब पीसीआर विधिबाट परीक्षणका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले जानकारी दिए ।
प्रतिक्रिया