फ्रान्समा मृतकको संख्या १७ हजार ९२० पुग्यो, गम्भीर बिरामीको संख्या घट्ने क्रम जारी ! सेयर गरौ


फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ७५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा हालसम्म १ लाख ४७ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पूरै विश्वमा कोरोनाका कारण धेरै मृत्यु हुने देशको सूचीमा फ्रान्स पाँचौं नम्बरमा छ । फ्रान्सका स्वास्थ्य सेवा प्रमुख जेरोमे सोलोमनका अनुसार लगातार आठौं दिन सघन उपचार कक्षमा राखिएका बिरामीको संख्या घट्दै गइरहेको छ । हाल यो संख्या ६ हजार २ सय ४८ छ । अप्रिल १ तारिखयता यो संख्या हालसम्मकै कम हो ।