शुक्रबार उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो ।
उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो । उदयपुरको स्थानीय प्रशासनले कोरोनाको आशंकामा १६ जनालाई नै विराटनगर पठाएको थियो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा रहेका छन् ।
उनीहरुलाई कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन् ।
प्रतिक्रिया