नेपालमा आईसोलेसनबाट डिस्चार्ज भएका एक विरामीको मृत्यु, पुन: स्वाब परिक्षण गरिदै


हेटौंडाको कर्रामा सञ्चालन गरिएको आइसोलेसनबाट डि’स्चार्ज गरिएका एक जना वि’रामीको हिजो साँझ मृ’त्यु भएको छ । ज्वरो आएपछी आ’इसोलेसनमा राखिएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ लालझाडी वस्दै आएका होमबहादुर सञ्जेलको मृ’त्यु भएको हो ।उहाँको दोश्रो पटक फेरी स्वा’ब संकलन गरेर ल्या’वमा पठाइएको छ । सञ्जेललाई आ’इसोलेसनमा तीन दिन राखेर बैशाख १ गते डि’स्चार्ज गरिएको र उहाँको हिजो मृ’त्यु भएको आइसोलेसन इन्चार्ज तथा हेटौंडा उपमहानगर पालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहदा उहाँको स्वा’ब टे’ष्ट रि’पोर्ट नेगेटिभ आएको थियो ।

दोश्रो पटक हिजो मृ’त्यु भएपछी फेरी स्वा’ब परिक्षणका लागि ल्या’वमा लगिएको छ ।मृ’त्यु भएपछी पनि घर परिवार, छिमेक सवैमा स’न्तोक होस भनेर स्वा’ब संकलन गरेर प’रिक्षण गर्न लागिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । छिमेक र आफन्तको आ’ग्रह अनुसार फेरी स्वा’ब परिक्षण गर्न लागिएको उहाँले वताउनुभयो । नगरी काम, पुग्दैन खान कालिकोट : जिल्लाका खाँडाचक्र नगरपालिका–५ की विपना हमाललाई लकडाउनबारे राम्रोसँग थाहा छ। तर काम नगरी खान नपुग्ने भएकाले उनी लकडाउनको पालना नगरी दिनहुँ काममा निस्कन्छन्।

नौजनाको संयुक्त परिवारको पेट पाल्नकै लागि भए पनि कोरोनाको त्रासका बीच दैनिक काममा निस्कनु परेको उनको भनाइ छ। ‘नगरी काम, पुग्दैन खान कसरी लकडाउनको पालना गरुँ’, उनले भनिन्, ‘परिवारको पेट पाल्नकै लागि भए पनि दैनिक काममा निस्कन्छु। साथै मेलापात घाँस, दाउरा ल्याएर छुटेको छैन।’ खाँडाचक्र नगरपालिका–४ की लालकौरा विकको पनि समस्या उस्तै छ। गाउँको बसाइ गाईबाख्रा चराउँदै बित्छ। ‘पशुलाई घाँस र चुल्होमा आगो बाल्न काम नगरी सुख छैन’, उनले भनिन्, ‘गाउँमा महामारी आउला नआउला तर महामारी आउँछ भनेर भोको पेटलाई रोकेर बस्न सकिँदैन।’

उनीहरु जस्तै काम गरी खाने यहाँका सयौं परिवारलाई लकडाउनले छाक टार्न समस्या छ। गाउँमा तरकारी उत्पादन गरेर बेच्दै परिवार पाल्नेसमेत दिनहुँ बजारमा निस्कने गर्दछन्। गाउँमा महिलाले नै अधिकांश काम गर्ने भएकाले लकडाउनमा पनि पुरुषको तुलनामा बढी काममा निस्किने गरेका हुन्। ‘गाउँमा ग्यासको प्रयोग निकै कम हुन्छ। अधिकांश परिवार दाउरा बालेर खाना पकाउँछन्।संयुक्त परिवारमा एक भारी दाउरा हप्ता दिन पुग्दैन’, स्थानीय केसु विकले भनिन्, ‘लकडाउन पालना गरी घरभित्रै बसेर दाउरा नल्याउने हो भने साँझ चुल्होमा आगो बल्दैन।’ गाउँ गाउँमा स्थानीय सरकारले लकडाउनको पालना गर्न अनुरोध गरे पनि मानिसकोे चहलपहल घटेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ निवासी मनराज सिम्खडाले गाउँमा नयाँ मान्छेको आउजाउ नरोकिएको बताए।