२५०० भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट भाँडाकुँडा फाल्दै घरबाट निकालिदिए, सडकमा धरधरी रुँदै गरेको अवस्थामा भेटिए पिडित (भिडियो सहित)


केहि समय अगाडी सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको थियो । लकडाउन लागेपछि मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको थियो । घरबेटीले यसरी मिनाह गरेको घरभाडाको प्रमाणको आधारमा सरकारले घरवाहल कर नलिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए । नेपालमा ६० लाखभन्दा बढी मान्छेहरु घर भाडा लिएर बस्छन् ।

मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्‍यो । तर, अधिकांश घरबेटीहरुले भने सरकारको आग्रहलाई स्वीकार्ने छाँटकाँट देखाएका छैनन् । बरु कतिपय घरबेटीले कोरोना सर्छ भन्दै भाडावाललाई कोठामा नबस्न दबाव दिन थालेका छन् । दैनिक ज्यालादारीमा काम गने वर्ग बसोबास गरिरहेका घरका घरबेटीले सरकारको आग्रहलाई गम्भीर रुपमा लिएका छैनन् ।

डेरावालहरुले यस्तो विषम परिस्थितिमा घरबेटीले न्यूनतम् मानवीय सम्वेदना पनि नदेखाएको भन्दै ‘अनुरोध गर्ने’ भन्ने सरकारी निर्णयको आलोचना गरेका छन् । ‘भाडा छुटको कुरा आएपछि घरेबटीहरुले मुन्टो बटार्ने अवस्था छ । सरकारले भाडा छुटको व्यवस्थालाई स्थानीय तहको सहयोग लिएर कार्यान्वायन गर्नुपर्ने डेरावालहरुको माग छ । धेरै घरेबटीले ऋण लिएर घर बनाएको तर्क गरेर भाडा छुट गर्ने विषयलाई बेवास्ता गरिरहेको कतिपए बताउछन् ।

यसैवीच, कतिपय डेरावालहरु संकटको वीचमा पनि अत्यावश्यक काममा निस्केर घरमा फर्कँदा घरबेटीले विरोध गर्ने गरेको र लकडाउनका बेला घरमा नबस्न दबाव दिने गरेका सूचनाहरु आउन थालेका छन् । भाडामा लिएको कार्यालयभित्रै बसेर काम गर्न पनि घरबेटीबाट अवरोध हुने गरेको कतिपयको गुनासो छ ।

यसै क्रममा करिब १५ दिन भयो नबिन गुरुङ र श्री गुरुङलाई घरबेटीले निकाल्दिएको । लकडाउनको बेला सबै घर गए, उनीहरुको घर स्याङजा रहेछ तर घर जाने पैसा पनि नभएको र त्यही बेला दुई महिनाको घरभाडा घरबेटीले मागेपछि तिर्न सकेनन् । महिनाको २५ सयका दरले दुई महिनाको पाँच हजार नतिरेपछि घरबेटीले घरबाट निकालेको र आफूहरु अलपत्रमा परेको नबिन गुरुङ बताउँछन् । १५ दिनसम्म उनीहरुले पृथ्वीचोक, नदीपुर लगायतका ठाउँहरुमा सडकमै मागेर पकाएर खाए ।

प्रहरीले बेला बेलामा आएर जान भने पनि कसैले केही सहयोग नगरेको उनीहरुको गुनासो छ । आईतबार भने पोखरा महानगरपालिकाले १२ किलो चामल एक किलो नुन र दुई किलो दाल दिएको छ । यद्यपी उनीहरुले पाएको सामाग्री कसरी पकाएर खान्छन् त्यो भने महानगरसंग जवाफ छैन । हेर्नुहास् यो भिडियो: