यि हुन् गुल्मीकाे आगाेलागीमा ज्यान गुमाउने १६ वर्षीय समिर !


आज बिहान ११ बजेर ४५ मिनेटमा गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको एक घरमा लागेको आगलागीका कारण ज्यान गुमाउने युकको तस्विर सार्वजनिक भएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो । स्काउटको युनिफर्म लगाएको उनको तस्विर सार्वजनिक भएको हो ।

खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए । लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर निस्कन नसकेको कारण उनको ज्यान गएको हो । आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।

आगलागीका कारण ज्यान गुमाउने समिर खनाल ।
पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३/४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि.कले बताए । खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष समेत रहेको खत्रीले जानकारी दिए । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।