पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाइको माग गरेका छन् ।अभियन्ता शाही हिजो राति पक्राउ परेका थिए ।दैनिक ज्यालादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाही पक्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले महामारीका बेला भोकालाई खाना खुवाउनेलाई सजाय दिनु नहुने बताएका छन् । सामाजिक संजालमा एक स्टाट्स लेख्दै उनले भनेका छन् -महामारीका बेला भोकालाई खाना खुवाउने लाई धन्यवाद दिने हो, सजाय दिने होइन।
लामिछानेले भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै ज्ञानेन्द्र शाहीलाई रिहा गर्न समेत प्रसासन सँग अनुरोध गरेका छन् ।यस्तो छ पत्रकार रबि लामिछानेको स्टाटस -ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो।
प्रतिक्रिया