कर्णाली प्रदेश सुर्खेतको चौकुने गाउँपालिकाबाट रोजगारीका लागि अन्य विभिन्न जिल्लामा गएका र लकडाउनका कारण काठमाण्डौं मै रोकिएका (अलपत्र परेका) नागरिकहरुलाई गत शुक्रबार र शनिबार गरेर कलंकीबाट उद्धार गरी बसमा सुरक्षित यात्रा गराइयो ।
चौकुने गाउँपालिकाले घर सम्मको यात्राको लागि बस उपलब्ध गराएको थियो भने युवा नेता तपेन्द्र क्षेत्रीले सम्पुर्ण सर्वसाधारण यात्रीहरुलाई बाटोमा चाहिने अत्यावश्यक पानी, खाजा, खाना, मास्क लगाएतका सामाग्री उपलब्ध गराएका र अहोरात्र खटेर अलपत्र परेका सबै संग समन्वय गरेर उद्धार कार्य सफल बनाएका हून ।
साथ साथै चौकुने गाउँपालिका भित्रका वडा नं. १ देखि १० सम्मका १५० जना जति अलपत्र परेका नागरिकहरु सबैको सामान्य स्वास्थ्य जाँच ज्वरो नापेर मात्र बसमा प्रवेश गराएको र यात्रीहरुले स्थानीय सरकारले तय गरेको क्वारेन्टाइनको पूर्ण पालना गर्ने शर्तमा सम्पुर्ण नागरिकहरुलाई उद्धार गरी पठाइएको जानकारी युवा नेता तपेन्द्र क्षेत्रीले बताए ।
प्रतिक्रिया