हे भगवान: महोत्तरीको एकै गाउँमा ७ जनाको मुत्यु ……(भिदियो सहित)


अज्ञात कारणले एकदिनमै चारजनाको ज्यान गएको २४ घण्टा नबित्दै महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा गाएँमा पुनः दुईजनाको मृत्यु भएको छ । बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहाका मेयर संजिव साहले पुष्टि गरेका छन् ।

यसअघि मंगलबारदेखि बुधबार बिहानसम्म स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको थियो । सो बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो । यससंगै एकसातामा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको मेयर साहले पुष्टि गरेका छन् ।

उनीहरुको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । बुधबारसम्म मृत्युभएका पाँचैजनाको शव दाहसंकार गरिसकिएको जनाएको छ । बिहीबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले बताए ।
एक–एक गरि टोलमा मृत्यु हुन थालेपछि स्थानीबासि त्रसित भएका छन् । बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन गएपछि उनको दाहसंकार भइसकेको थियो ।

पोस्टमार्टम र कोरोना परिक्षण गरिने
के कति कारणले उनीहरुको मृत्यु भएको विषमा पत्ता लगाउन एकजनाको शवलाई पोस्टमार्टम र कोरोना परिक्षण गर्न लागिएको छ । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले टुडेपाटीसंग भने ‘रक्सीले मृत्यु भएको आशंका गरिएका केहि व्यक्ति तीनचारदिनदेखि रक्सी समेत नखाँदा पनि मृत्यु भएको छ ।

एकजनाको शव पोस्टमार्टमको लागि ल्याएका छौं । पोस्टमार्टमसंगै कोरोना परिक्षण पनि गर्छौ । त्यसको स्वाब लिन चिकित्सकको टोली आउँदै छ ।’
पोस्टमार्टम र कोराना परिक्षण पश्चात मात्र उनीहरुको के कति कारणले मृत्यु भएको भन्ने कुराख खुल्ने प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।