Logo

आमिरको स्पष्टीकरण: १५ हजार सहयोग गर्ने म होइन’

अहिले बलिउड अभिनेता आमिर खानको छुट्टै चर्चा छ । भारतमा लकडाउनका कारण समस्यामा परेकालाई १ किलो आटामा १५ हजार लुकाएर दिएको भन्दै सबैले आमिरको तारिफ गरिरहेका छन् ।

तर, आमिर खानले उक्त सहयोग आफूले नगरेको भन्दै स्पष्टीकरण दिएका छन् । उनले ट्विटरमा एक ट्विट लेख्दै आफूले सहयोग नगरेको बताएका हुन् ।

उनले लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’

नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्