प्रदेश नम्बर २ मा कोरोना संक्रमण तिव्र रुपमा देखिन थालेपछि क्वारेन्टाइनको विस्तार र लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई गर्ने, सिमापारिको ओहोरदोहोरलाई निरुत्साहित गर्न प्रचार–प्रसारलाई तिब्र बनाउने सहितको निर्णय गरेको छ ।
बैठकले सीमा पारी रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने सम्बन्धमा आवश्यक कार्यविधि बनाई दिन सङ्घ सरकारसँग आग्रह गर्ने र उनीहरुका लागि प्रत्येक जिल्लामा थप तीन–तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए ।
यसका साथै बैठक ले कोरोना महामारी नियन्त्रण का लागि सङ्घ सरकारसँग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रदेश प्रमुख सचिव अर्जुन पोखरेल, प्रदेश सरकारका बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।
प्रतिक्रिया