कतारमा मास्क नलगाउनेलाई दुई लाख जरिवाना र ३ वर्ष जेल !


कतारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाए कडा कारबाही गर्ने भएको छ । कतारको मन्त्रीपरिषदको बुधबार बसेको बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घर बाहिर जुनसुकै कामले निस्कंदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो । मास्क प्रयोग नगरेमा कानुन अनुसार तीन वर्ष जेल सजाय र दुई लाखसम्मको जरिवाना वा दुईमध्ये एक सजाय हुने निर्णयमा उल्लेख गरिएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले कतार सरकारको यो नियम पालना गर्न त्यहाँ कार्यरत सबै नेपालीलाई अनुरोध गरेको छ । कतारले यसअघि निश्चित क्षेत्रमा मात्र अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरेको थियो । अब सबैका लागि यो नियम लागू गर्ने निर्णय भएको हो ।