गत चैत ११ गते देखि पुरै देश बन्दाबन्दीको अवस्थामा छ। यसैबिच प्रदेश न: २ को सर्लाही जिल्ला अतगर्त बरहथवा नगरपालिका जिल्लाकै सबै भन्दा ठुलो नगरपालिका रुपमा रहेको यो नगरपालिका व्यापारिक दृस्टी कोणबाट पनि जिल्लाकै अब्बल नगरपालिका मानिन्छ। यसै नगरपालिका को आसपासमा रहेको नगरपालिका र गाँउपालिकामा कोरिनाको संक्रमित देखा परे सगै नगरबासिहरु त्रसित रहेको अवस्थामा मेयर देवानन्द महतो बजार खोलेपछि चौतर्फी बिरोध हुन् थालेपछि मेयरले बजार बन्द गर्ने निर्णय लिएका छन् ।
गत वैशाख २७ गते शनिबार देखि विहान ६ बजेदेखि ८ : ३० सम्म खोलिएको बरहथवा बजार आज जेठ २ गते शुक्रबार देखि बन्द गरिएको नगरप्रमुख देवानन्द महतो ज्युले अनलाइन टिभी नेपाललाई जानकारी दिनु भएको छ । सर्लाहीमा कोरोना संक्रमितको संख्या २ रहेको अवस्थामा यसका आसपासका जिल्लाहरु भने उच्च जोखिमा रहेको छ । भोलिको दिनहरुमा भयावह अवस्था आउने सक्ने भन्दै बरहथवा नगरपालिका र वरपर संक्रमण फैलिन नदिन बजार बन्द गरेको महतोले बताए ।
नगरप्रमुखले हिजो ४ बजे बैठक बसेर यस्तो निर्णय गरेका हुन् । मेयर महतोले भनेका छन, अर्को सूचना जारी नभए सम्म सबै नगरबासीले लकडाउनको पाल्ना गरि आआफ्नो घरमा सुरक्षित तरिकाले बस्दिनु भन्दै सम्पुर्ण नगरबासीमा अनुरोध समेत गरेका छन र लकडाउन तोड्नेलाई कारबाही समेत गर्ने नगरप्रमुखले भने ।
प्रतिक्रिया