Logo

आँचल भन्छिन्, ‘मनिषा दिदीले देशप्रेम देखाउनु भयो’

नेपालले भारतिय अतिक्रमणमा परेको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले त्यस विषयमा निकै ठुलो विवाद चर्किएको छ । नेपालले सार्वजनिक गरेको नक्सालाई भारतले स्विकारेको छैन ।

नेपालले जारी गरेको नयाँ नक्साको विषयमा नायिका मनिषा कोइरालाले एक ट्विट गरेकी थिइन् । जसको निकै चर्चा भयो । भारतमा यसको विरोध भयो भने नेपालमा प्रशंसा भयो ।

भारतिय मिडियाले भने मनिषालाई निकै होच्याएर समचार दिए । जुन कुराको नेपाली कलाकारहरुले भत्सना गरिरहेका छन् ।

यस्तैमा, नायिका आँचल शर्माले पनि यस विषयमा बोलेकी छिन् । उनले मनिषालाई आफ्नो देशको पक्षमा बोलेको भन्दै धन्यवाद व्यक्त गरेकी छिन् । एक मिडियामा दिएको अन्तरवार्तामा आँचलले देशको पक्ष लिएर ट्विट गर्नु ठुलो कुरा भएको बताएकी छिन् ।

भारतिय मिडियासँग भने आँचलको चित्त दुखेको छ । मनिषालाई तल्लो स्तरको गाली गरेकाले आँचल दुःखी छिन् । भारतिय मिडियाको यो काम गलत भएको भन्दै यतिसम्म गिर्न नहुने आँचलको भनाई छ ।

आँचलले भनिन्, ‘मनिषा दिदी पहिला नेपालीको चोली हो । भारतमा आफ्नो कामले पहिचान बनाउनु भएको हो । उहाँ आफ्नै क्षमताले बलिउडमा नम्बर १ बन्नु भएको हो । कसैले उपहार दिएको होइन ।’

प्रतिक्रिया दिनुहोस्