किन विवादित बनिन् वर्षा ?
अहिले सामाजिक संजालमा नायिका वर्षा राउत विवादित बनेकी छिन् । सिमा विवादको विषयमा दिएको एक अभिव्यक्तिका कारण उनी विवादित बनेकी हुन् ।
उनको दिएको अन्तरवार्ताको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा भइरल नै भएको छ ।
भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् । मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’
वर्षालाई यहाँ देशको भन्दा पनि आफ्नो भारतिय साथीहरुको बढि चिन्ता भएको देखिन्छ । जुन कुराको धेरैले चर्को विरोध गरिरहेका छन् ।
भारतमा नै काम गरेर करोडौ शुभचिन्तक कमाएकी मनिषालाई त्यो कुराको मतलव नहुदाँ वर्षाले फेसबुकमा भएका २-३ भारतिय साथीको लागि यस्तो बोल्न नहुने धेरैको आक्रोष छ । कतिपयले त वर्षालाई नै भारत पठाइदिन पर्ने समेत बोलेका छन् ।