अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी काठमाडौँवासीलाई वितरण गर्ने बताएका छन् । मेलम्चीको सो आयोजना सक्नका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको उनले बताए । यस्तै काठमाडौं उपत्यका खानेपानी तथा ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड बजेट छुट्याएको मन्त्री खतिवडाको भनाई छ ।
तिनै तहबाट संचालित खानेपानी आयोजना २ बर्षमा सम्पन्न गरेर ९४ प्रतिशत नागरिकमा खानेपानी सुविधा व्यवस्था गर्ने उनले बताए । उनले सबै सबै प्रदेशका राजधाजीमा खानेपानी व्यवस्थापनका लागि बजेट छुट्याएको पनि बताए ।तराई मधेशका सुख्खा क्षेत्रमा पम्पिङ व्यवस्थाबाट खानेपानीका लागि ५ अर्ब बजेट छ्ट्याएको खतिवडाले बताए ।
यस्तै काठमाडौ उपत्यका खानेपानी लिमिटेडलाई व्यवसायिक संस्थाको रुपमा विकास गर्न १ अर्ब ९९ करोड विनियोजन गरिएको छ । खानेपानी आयोजना मर्मतका लागि ३ अर्ब छुट्याएको बताउदै तराई मधेशमा वितरण गर्ने पानीलाई आर्सनिक मुक्त बनाइने उनले बताए ।
प्रतिक्रिया