अनन्त: बिदेशमा भएका नेपालीलाइ नेपाल फर्काउने सरकारको घोषणा, यी सुचिमा पर्ने नेपालीलाई सरकारले अब नेपाल ल्याउने !


सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदे फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताउनुभयो ।

समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउन सम्बन्धि आदेश– २०७७’ को अनुसार कार्यदेश बनाएर ल्याउन थालेको हो । ती नागरिकलाई हवाई र स्थलमार्गहुँदै नेपाल ल्याइने छ । विदेशमा रहेका नेपाल आउनुपर्ने स्थलगत मार्ग हुदै आउँदै मानिसलाई २० नाका तोकिएको छ ।प्रधानमन्त्री कार्यालयका सचिवसमेत रहनुभएका बिडारीका अनुसार स्थलमार्गबाट आउने नाकामा इलामको पशुपतिनगर, झापाको

काँकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिराहाको ठाडी, सिराहाको माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मङ्गलवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, बाराको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाका निर्धारित भइसकेका छन्