नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा घनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ।
शनिवार एकै दिन १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।शनिवार दैलेखमा एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोभिड-१९ सँग सम्बन्धित मृत्यु भएको उनले पुष्टि गरे।
कर्णाली प्रदेशमा दुई हप्तामा शून्यबाट सयभन्दा बढी सङ्क्रमित
नेपालमा झन्डै ५,००० जनालाई कोरोनाभाइरस सङ्क्रमण हुने नयाँ प्रक्षेपण
प्रतिक्रिया