भारतमा कोरोनाको संक्रमण सुरु भएदेखि नै अभिनेता शाहरुख खानले विभिन्न सहयोग गर्दै आएका छन् । मजदुर, प्रविधिकदेखि उनले प्रहरीसम्मलाई पनि सहयोग गरेका छन् । उनको सहयोगको धेरैले तारिफ गर्ने गरेका छन् ।
यस्तैमा, शाहरुखले आफ्नो अफिस संक्रमित राख्नको लागि दिन सम्मको घोषणा गरेका थिए । उनले आफ्नो अफिसलाई नै क्वारेन्टिन बनाउन सरकारलाई आग्रह गरेका थिए ।
शाहरुख आफैँले अफिसलाई क्वारेन्टिन बनाउन आग्रह गरेपछि अब शाहरुखको अफिसमा कोरोना संक्रमितलाई राख्न थालिएको छ । भारतिय मिडियाका अनुसार शाहरुखको अफिसमा छ जना कोरोना संक्रमितहरूलाई राखिएको छ ।
शनिबार बीएमसी हस्पिटलले ६ जनालाई संक्रमितलाई शाहरुखको अफिसमा राख्न थालेको हो । शाहरुखको अफिसमा २२ वटा बेड समावेश गरिएको क्वारेन्टिन तयार गरिएको छ ।
प्रतिक्रिया