Logo

किन आयो अन्जुलाई मार्ने धम्की ?

मनोजराज सिवाकोटीसँगको दाम्पत्य सम्बन्ध भर्खरै टुटेको थियो । घरबार टुटेको केही दिनमा नै अन्जु पन्त बिरामी परिन् ।

पिनासबाट सुरु भएको रोग घाँटीसम्म पुग्यो । स्वर सुक्यो । त्यसमा थपियो, माइग्रेन । पछि मिर्गौलामा पनि समस्या आयो । उनी थला परिन् ।

लामो समय रोगले ग्रसित भएकी अन्जु रोगबाट मुक्ती पाउँदै थिइन् । त्यहीँ समय उनलाई अर्को बज्रपात आइलाग्यो ।

बजारमा हल्ला चल्यो कि, ‘अन्जुले हिन्दु धर्मसँग सम्बन्धित गीत नगाउने रे ।’ यो आरोप कहाँबाट सुरु भयो उनलाई पत्तो छैन् । रोगले थाला परेकी उनले यो कहिल्यै बोलेकी थिइनन् । उनी अचम्मित परिन् ।

जब हिन्दु गीत नगाउने हल्ला फिजियो, तब अन्जुलाई गाली आउन सुरु भयो । अन्जु गुपचुप बसिन् । तर, पनि फोन र म्यासेजबाट आएका गालीहरु हेर्न नसकिने थिए ।

त्यो समय आएका गालीहरु मार्ने देखि बलत्कार गर्नेसम्म थिए । सांगीतिक क्षेत्रबाटै बहिस्कार गर्ने कुराहरु पनि धेरै आएका हुन् । त्यो सबै गालीले अन्जु डिप्रेशनमा पुगिन् । कोठामा थुनिएर आफ्नै संसारमा भुल्न थालिन । तर, अँध्यारो कोठामा थुनिएर बसेकी अन्जुको आशु जहिल्यै झरिरहे ।

बाहिर अन्जुलाई बहिस्कार गर्ने कुरा चलिरहेको थियो । त्यो समय अन्जुको मनमा नै आफैँ सन्यास लिने कुरा खेलिरहेको थियो । मन कठोर भएको थियो ।

तर, त्यो दिन आएन । केही समयपछि अन्जुला गीतको अफरहरु आउन सुरु भयो । केही समय अन्जुले गीत गाइनन् । धेरै अफरहरु आएपछि अन्जुले आफूलाई रोक्न चाहिनन् । गीत गाउन सुरु गरिन् । अहिले अन्जु पुन पार्श्व गायनमा प्रभुत्व जमाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्