आज निर्जला एकादशी: हरेक मनोकामना पूरा गर्नको लागि अपनाउनुहोस् यस्तो उपाय !


वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी मंगलबार निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । निर्जला एकादशीको दिनमा दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउँछन्। यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उनले दिए।

तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

निर्जला एकादशीलाई लिएर अन्य धार्मिक विश्वास –

महाभारत कालमा पाण्डव पुत्र भीमले यस एकादशीको दिन व्रत बसेका थिए। यस दिन निर्जल रहेर यानी कि पानी समेत नपिई व्रत बसिन्छ। त्यसैले यसलाई निर्जला एकादशी भनिन्छ। निर्जला एकादशीको व्रत बस्नको लागि बार्हौ एकादशीमा अत्तिनै उत्तम मानिन्छ । निर्जला एकादशी पुजाको महिमा विष्णु पुराणमा पाइन्छ।

निर्जला एकादशीको व्रत बस्दा पानी सम्म पिउन नहुने कुरा धर्मशास्त्रमा उल्लेख छ । यसका अनुसार वर्त बस्ने मान्छेले यस समयमा केही आफुले चिताएका कुरा सम्झिन जरुरि छ ।

निर्जला एकादशीको वर्त बस्ने मान्छेहरुले दशमीको रात एकादशी व्रतको संकल्प गर्नु पर्दछ र अन्तिममा पूजा नगरेसम्म पानी पनि नखाई वर्त बस्नु पर्छ । निर्जला एकादशीको दिन बिहानै चोखो पानीले नुहाई कपडा फेर्न जरुरि छ ।

निर्जला एकादशीको शुभ अवसरमा, आफ्नो घरमा वा मन्दिरमा भगवान विष्णु पूजा गर्नुहोस्। पुजाको समयमा भगवान बिष्णुलाई मनपर्ने पहेंलो रङ्गको कपडा चडाएर पूजा गर्नु होला । यस दिनमा तपाईले भगवान विष्णुको कथा सुन्नु पर्छ।

निर्जला एकादशीको अर्को नाम भिम एकादशी हो । त्यसैले यस दिन, वायु पुत्र भीमको पनि पूजा गर्नुपर्ने हुन्छ । निर्जला एकादशीको दिन ‘ॐ नमो भगवते वासुदेवाय’ यो मन्त्रको जप गर्नुहोस । पूजा गर्दा राम, कृष्ण, नारायण आदि विष्णु को मुर्ति वरिपरी राखेर पूजा गर्नुहोस । यसो गर्दा झन् राम्रो हुने कुरा उल्यख छ ।