तनहुँमा कोरोना संक्रमित थपिएका छन् । तनहूँको ऋषिङ गाउँपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसअघि पनि तनहूँको ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा बसेका दुई जना ३९ र ४० वर्ष उमेरका पुरुषलाई संक्रमणको पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । संक्रमित दुवै जनालाई जिल्लास्थित सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रतिक्रिया