Logo

लघुकथा ” प्रेममा जात ” जातपातको विभेद कहिले सम्म किन यस्तो के राखेछ जात मा ? परदेशी भुमि बेलजियमबाट समाजसेबी यसोदा थापा यशु को मन नै रुवाने लघुकथा ” प्रेममा जात ” onlinetvnepal

लघुकथा ” प्रेममा जात ” जातपातको विभेद कहिले सम्म किन यस्तो के राखेछ जात मा ? परदेशी भुमि बेलजियमबाट समाजसेबी यसोदा थापा यशु को मन नै रुवाने लघुकथा ” प्रेममा जात ” onlinetvnepal

लघुकथा ” प्रेममा जात ”

हामी स्कुल पड्दा मिल्ने साथी थियौ सान्ती सिता अनी म गाउ एउटै कलास एउटै उमेर पनी एउटै , सगै खेल्ने सगै पड्ने सगै रमाईलो बेला थियो जती सम्झे तेती रमाईलो लाग्छ ।

शान्ती कहिले काही हाम्रो घरमा आउदा, आमाले शान्तीलाई भान्छामा आउन दिनु हुने थिएन घरमा साथी संग खाजा खादा पनी छुट्टै बसेर खानु पर्थो शान्ती बाहिर बसेर खान्थिन , म पनी उनीबाट टाडा बसेर खान्थे , मनमा सार्है नराम्रो लाग्थ्यो ।

शान्ती परीयार थिईन , उन्को बुबाले हाम्रो लुगा सिलाउनु हुन्थ्यो उनले सिलाएको लुगा लगाउन हुने छोएको खान नहुने , बिबाहमा जन्ती अगाडी लगाएर मात्र बेउला पछाडी लगाईन्छ प्राय बिबाहमा बाजा बजाउने कला दमाई संग मात्र हुन्छ उनीहरू लाई देखे साईत पर्छ भने् समाज छुदा पानी नचल्ने कसरी हुन्छ ?

मनमा अनेक कुरा खेल्थ्यो , यो समाज कहिले परीबर्तन हुन्छ , रगत सबैको रातो हुन्छ , रगतले नछुट्टायको जात छुट्टाउने मान्छे को हुन ? चोट लाग्दा पिडा एउटै तर पनी मान्छेले मान्छेलाई दिने पिडा छुट्टै ।

सिता हामी भन्दा अल्ली बडी मेहनेती र पड्न जाने् थिईन भने म र शान्तीलाई अल्ली बडी मेहनेत गर्नु पर्थो ,हाम्रो स्कुल सकियो कलेज पनी सगै भयौ ।

मेरो ठुलो बुबाको छोराको नाम रमेश थियो उहाँ हामी भन्दा तीन बर्षले ठुलो हुनुहुन्थ्यो
प्राय शान्ती हाम्रो घरमा आउदा दाई सधै केही न केही बाहाना बनाएर आउनु हुन्थो ।

मलाई थाहा थिएन दाई र शान्तीको बिचमा प्रेम छ भनेर, पछी सिताले मलाई सबै भनिन् मत खुसी नै थिय मेरो साथी मेरै दाईको प्रेमिका ।

यो कुरा मईले थाहा पाए पछी शान्ती संग सोधे ,उनी डरले रातो र पिरो बनिन् साथी हाम्रो जात मिल्दैन यो कुरा कसैलाई थाहा छैन तिमी र सिता बाहेक बिन्ती छ कसैलाई नभन है plz ।

उनले मलाई बिन्ती नै गरीन ,मईले मुन्टो हल्लाए , तेसको एक महिना पछी मेरो ठुलो दाई अमेरीका बाँट बिदेशी भाउजु लिएर आउनु भयो ।

घरमा भाउजुलाई भब्य स्वागत भयो दाई भाउजु दुबै डाक्टर हुनुहुन्थ्यो

स्वागतमा कुनै कुराको कमी भएन , मान्छे हामी एउटै भए पनी रड्ग फरक थियो धर्म फरक खान पान फरक लवाई फरक भाषा फरक एउटै थियो त मान्छे , मान्छे र दाई भाउजुको माया

आमाको सपना नेपाली बुहारी घरमा भित्र्याउने थियो , रत्यौली खेल्नु थियो ईस्ट मित्रलाई भोज दिनु ईत्यादी, आमाले रत्यौली र नेपाली बुहारी बाहेक बाकी सबै ईच्छा पुरा गर्नु भयो ।

केही नमिल्ने भाउजुको सबै कुरा चल्ने मेरी साथी सबै कुरा मिल्ने भएर पनी केही नचल्ने यो कस्तो भेदभाव, सोची रहन्थ्ये ,एक दिन शान्ती, हाम्रो घरमा आईन् र बाहिरै बसीन बिदेशी भाउजुले शान्तीलाई पनी भित्र बोलाउ भन्नु भयो दाईले धेरै नेपाली सिकाउनु भएको थियो भाउजु हामी संग नेपाली बोल्ने कोशीस गर्नु हुन्थ्यो , हामीलाई भाउजु नेपाली बोलेको निकै रमाईलो लाग्थ्यो ।

तेतीकैमा आमा आउनु भयो म डराए सोनीका , उनी भित्र आउनु हुदैन् उनी तल्लो जाँतकी हुन् उनी भित्र पसीन र हामीले झुक्किएर भए पनी उनले छोएको खायौ भने हामी अपबित्र हुन्छौ र उनलाई पनी पाप लाग्छ ।पाप लाग्छ छुन हुन् भाउजुले सबैको मुखमा हेर्नु भयो , तेतीकैमा दाई पनी आउनु भयो , के को हल्ला हो , के भयो ? हेर न शान्तीलाई भित्र आउ भन्छिन बुहारी दाई मौन बस्नु भयो ।

दाईले आमालाई केही भन् सक्नु भएन , मन मनै दाईलाई खुबै गाली गरे , खुब रीस पनी उठ्यो दाई संग , दाई संग आमा केही डराउनु हुन्थ्यो घरको एउटै छोरा भएर पनी बिदेशी केटी बिबाह गर्न दिनु भयो कसैले केही भन् सकेन्।दाईले आमालाई सम्झाउनु भएको भए मेरी साथी घर भित्र आउन पाउने थिईन होला भने् लागेको थियो तर दाईले उल्टो अग्रेजीमा भाउजुलाई हाम्रो कल्चर बारेमा बुझाउन थाल्नु भयो

मलाई भने खुबै रीस उठेको थियो दाईको कुरा सुनेर भाउजु भने अग्रेजीमा व आई सी भन्दै थिईन , कीन भन्थिन् र उनी पनी गोरी जातकी थिईन , काला जातीलाई साग्लोमा बाधेर कुकुरलाई जस्तै ब्यबहार गर्नी शहरमा लगेर किन बेच गर्नी जातकी मेरी गोरी भाउजुअमेरीका पनी रड्ग भेद अझै निर्मुल भएको छैन जातीय रड्ग भेद ।हामीले पडेका थियौ कालाजाती गोरा जातीलाई बेच बिखान गर्थेकुकुरलाई झै साग्लोमा बान्थे , यो दास प्रथा हटाउन धेरै समय लागेको थियो र नेशनल मन्डेला लामो समय जेल बस्नु परेको थियो ।

यस्तै जातकी छोरी थिईन मेरी भाउजु

मेरी आमा अनपड असीक्षीत र मेरी भाउजु पडेर असीक्षीत यही फरक पाए मैले कीन भने यो कुराको बिरोध गरीन् उनले ।केही महिना पछी दाई भाउजु अमेरीका फर्के , येता शान्ती र रमेश दाईको माया झन चुल्हिदै थियो कस्तो अचम्म बिदेशी बुहारी सुईकार गर्नी समाज नेपाली छोरी तल्लो जातको कारर्ण सुईकार गर्न सक्दैन ।

पछी उनीहरू को बारेमा गाउ भरी हल्ला हुन् थाल्यो , ठुलो बुबाको कानमा पनी यो कुरा परेछ , शान्तीलाई मेरो घरमा आउन र मलाई धरी उनीलाई भेट्न बन्चित गरीयो यो कुराको पीरले ठुलो बुबाले बिस खानु भयो , समय मै थाहाँ पाएर बाच्नु त भयो तर दाईलाई दिनहु टचर दिन थाले ,दाईले शान्तीलाई छोड्नु भएन र परीवारले भनेको ठाँउमा बिहे भएन भने ठुलो बाँ र आमा सगै बिख खाएर मर्न धम्की दिन थाले , दाई परीवारको चिन्ता र शान्तीलाई गुमाउनु पर्नी पीरले दुब्लाएर झन झन कमजोर हुदै जानु भएको थियो ।

शान्तीलाई पनी य बारेमा सबै थाहा भई सकेको थियो , उनलाई पनी उनको परीवारले धेरै सम्झायका थिए , उनी पनी निकै कमजोर भई सकेकी थिईन समाज र परीवार संग लड्दा लड्दै गलेकी थिईन ।

यता दाईको बिहे पक्का भयो , घरमा खुसी छाएको थियो भने उनीहरू दुबैको मनमा अन्धकार छाएको थियो , रमेश दाई हाम्रो घरमा मलाई भेट्न आउनु भएको रहेछ , म भित्र थिए आमाले छैन भन्नु भएछ दाई आएर गएको मईले थाहा पाईन ।

बिहान बुबा र आमा कुरा गरेको सुने आँज बिहान रमेस आएको थियो छोरीलाई भेट्न , मलाई थाहा छ शान्ती र छोरी कलेजमा त भेट भई हाल्छन केही कुरा भन् आएको थियो होला छैन भन्दिए

शान्ती पनी त कलेज नगएको धेरै भएको थियो उनलाई पनी रमेश दाईको बिहे पछी मात्र घरबाट बाहिर जान र कलेज जान दिने रे , केटा पाए तेई दिनमा शान्तीको पनी बिहे गरी दिने रे यस्तै कुरा सुनेकी थिए ।

आमालाई नसोधी घरबाट रमेश दाईको घरमा गए , घरमा दाईलाई देखीन र फर्कीदै थिए बाटैमा दाई आउदै गरेको देखे ,दाई हजुरलाई भेट्न आएकी बिहान घर जानु भएको रहेछ म थिईन दाई , दाई संग झुटा बोले ।

नानी मलाई र शान्तीलाई भेट गराई देउ न मिल्छ भने नत्र यो चिठ्ठी शान्तीलाई देऊ जसरी पनी , दाईको आखाबाट आशु झरी रहेको थियो ।

चिठ्ठी हातमा लिए र सरासर शान्तीको घर तिर लागे हाँतमा बुक थियो मेरो
काका शान्ती खई त ? आमा संग बिहेको किन मेल गर्न गएकी छिन कस्को बिहे काका ? शान्तीको नानी तिम्रो दाई रमेश र शान्तीको एकै दिन पर्यो बिहे नानी के गर्नी छोरीको जाँत बिबाह गरेर दिनै पर्छ, ईन्डियन आर्मी रहेछ केटा आफ्नै मान्छेले कुरा लिएर आए, केटा छुट्टीमा आएको रहेछ कुरा मिल्यो सबै कुरा जुर्यो पनी नानी ।

काकाले मलाई केही थाहा नपाए झै भन्दै हुनुहुन्थो ।
काका संग बोल्दा बोल्दै काकी र शान्ती आए छिमेकी घर, सानै देखी आउने जाने घर थियो, शान्तीको बाँ आमालाई काका काकी भन्थे मईले

कती खेर आयौ हिड भित्र जाउ
दुबै भित्र गयौ आफ्नो परिस्थिति सबै बताई शान्तीले , उनलाई पनी आमाले बिख खाएर मर्छु भन्नु भएको रहेछ दाईले दिएको चिठ्ठी दिए , उनले पनी दाईलाई केही लेखेर राखेकी रहीछन् आखाबाट आशु खसाल्दै भनिन यो रमेशलाई दिनु ।

उनी संग बिधा लिई दाईको घरमा गए दाई मलाई नै कुरी रहनु भएको रहेछ, दाईलाई चिठ्ठी दिए र चुपचाप फर्कीए म ।

बैशाख २४ गते , दुबै घरमा बाजा बजि रहेको थियो आउने जानेको ताती थियो हामी ब्यस्त थियौ ,एक छिनमा घरमा अन्धकार छायो रमेश दाईले आफ्नो कोठामा बेहुलाको पोशाकमा झुन्डिएर आत्महत्या गर्नु भयो ।

आमा बा मलाई बेहुलाको पोशाकमा देख्नु भयो , अब केही छिन पछी बासको डोली चडेको पनी देख्नु हुनेछ मालामा सजिएर अबीर लगाई दिने तपाईहरू को ईच्छा पनी त पुरा हुनेछ
मात्र तपाईकी बुहारी लिएर म फर्कने छैन अरू सबै ईच्छा पुरा गरी दिए ।
मलाई माफ गर्नु होला बा आमा अर्को जुनीमा पनी तपाईहरू को कोखबाट जन्मिन पाउ तपाईहरू आज्ञाकारी छोरा रमेश ।

छिनै मै रूवाबासी र अन्धकार छायो सबै आफन्त परीवार र गाँउ सोकमा डुब्यो ,

यता फुल माला र अबीर सगै बाँसको डोली उठ्यो उता शान्तीको बाजा सगै डोली उठ्यो शान्तीको बिधाई र रमेश दाईको बिधाई एकै समयमा भयो

बाटो एउटै शान्तीले चुपचाप आशुले रमेशलाई बिधाई गरीन बिधाई गरीन अल बिधा मेरो मुटु।

यो जुनीमा त तिम्रो हुन् सकिन म अर्को जुनी भए साथ पाउ है तिम्रो एक पाईला तिम्रो हुनेछ एक मेरोकेही प्रभा नगरी भरी देउ है सिउदो ।

कथा काल्पनिक हो कसैसग मेलखायामा संजोग मात्र हुने छ ।

यसोदा थापा (यशु) हाल बेलजियम

प्रतिक्रिया दिनुहोस्