इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु भएको छ । इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इन्डोनेसियामा ३१ जनाको मृत्यु भएको हो ।
यससँगै इन्डोनेसियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार आठ सय एक पुगेको छ । त्यस्तै, इन्डोनेसियामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ३० हजार ५१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इन्डोनेसियामा कोरोना भाइरसका ९९३ नयाँ संक्रमित फेला परेका हुन् ।
स्रोतः रोयटर्स
प्रतिक्रिया