नेपालमा चैञ ११ गतेदेखि जारी लकडाउन असोज सम्मै लम्बिने देखिएके छ ।तर खुकुलो पार्दै लगिने तयारी भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन चरणबद्ध रुपमा हटाउँदै लैजाने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले असारदेखि आगामी असोजसम्म लकडाउन क्रमशः हटाउनेबारे तयार कार्यविधि सम्बन्धमा छलफल गरेको छ ।
https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg
बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बैंकिङ कारोबार, कृषिजन्य उद्योग तथा व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला सञ्चालनमा सहजता ल्याउनेबारे छलफल भएको बताए । औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्यसम्बन्धी मापदण्ड र गृह प्रशासनबाट जारी सुरक्षा मापदण्डसमेत पालना गर्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको उनको भनाइ थियो ।
https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg
उनले आर्थिक क्रियाकपाल सञ्चालन गर्नेबारे छलफल भएको उल्लेख गरे । यद्यपि निर्णय गर्न बाँकी रहेकाले अर्को बैठकमा थप छलफल हुने उनको भनाइ थियो । पछिल्लो समय लकडाउन मोडालिटी परिवर्तन गर्नेबारे सरकारले तयारी गरिरहेको छ । प्रधानमनत्री केपी ओलीले गत साता अर्थविद्, विकासविद र जनस्वास्थ्यविदसँग लकडाउन मोडालिटीबारे छलफल गरेका थिए । मन्त्रिपरिषदको बिहीबारको बैठकले लकडाउन मोडासिलटी परिवर्तन गर्ने गरी कार्यविधि ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । लकडाउनले समस्या पारेको भन्दै व्यवशायीहरुले उलंघन शुरु गरे पछि सरकारले खुकुलो पार्दै लाने नीति लिएको हो ।
https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg
प्रतिक्रिया