चीनमा ६ जना कोरोना संक्रमित फेला परे, पाँच जनामा छैन लक्षण
काठमाडौं । चीनमा विगत २४ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमित फेला परेका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट यात्रा गरेर हाइनान प्रान्तमा आएका ६ जनामा कोरोना संक्रमण देखिएको हो । नेशनल हेल्थ अमिसनका अनुसार पाँच जना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन ।
https://www.youtube.com/watch?v=AReQH4moLYM
यसको एक दिन अगाडि चीनमा तीन जना कोरोना संक्रमित फेला परेका थिए ।
जोन्स हप्किन्स विश्वविद्यालयको वेबसाइटमा राखिएको तथ्यांकअनुसार चीनमा ८४ हजार भन्दा बढी संक्रमित छन् भने हालसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।कोरोना भाइरस संक्रमण सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरमा फेला परेको थियो ।
https://www.youtube.com/watch?v=AReQH4moLYM