कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थिये । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।
मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मृतकको सम्पर्कमा नआएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएका छ । संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एक/एक जना रहेको प्रजिअ पौडेलले जानकारी दिए ।
प्रतिक्रिया