दशनामी फन ग्रुपले अनलाइन प्रतिभा प्रतियोगिता गराउदै !


दशनामी फन ग्रुपको आयोजनामा अनलाइन प्रतिभा प्रतियोगिता असार १ गतेबाट सञ्चालन हुने छ । हेम गिरीको परिकल्पना, दीपक पुरीको संयोजन तथा यस दशनामी फन ग्रुपको आयोजनामा अनलाइन प्रतिभा प्रतियोगिता आयोजना सुरु हुन्न लागेको हो । अहिले संसारभरि फैलिएको कोरोना भाइरसले गर्दा लकडाउन भएको बेला पनि घरमै बसेर फरकफरक विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन सफलता पुर्बक सम्पन्न गरि नयाँ प्रतियोगिता संचालन गर्न लागेको संयोजक पुरीले अनलाइन टिभी नेपाललाई जानकारी गराए । यस अनलाइन प्रतिभा प्रतियोगिता कार्तिक महिना सम्म हुने छ ।

पुरीको अनुसार ‘दशनामी अनलाइन प्रतिभा प्रतियोगिता’ अन्तर्गत पहिलो महिना ‘साहित्य रचना वाचन प्रतियोगिता’ हुन लागेको हो प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो विजेतालाई क्रमश जनही नगद रू: ७ हजार, ४ हजार र २ हजार ५ सयद्वारा पुरस्कृत गरिने छ भने नगद रू: १ हजार ५ सय सहित एकजनालाई सान्त्वना पुरस्कार दिईने छ । साहित्य रचना बाचन प्रतियोगितामा हेम भण्डारीले एकल निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । पुस्कार नारायण भारती र इशा शर्मा भारतीले उपलब्ध गराउने भएका छ । संसारको जुनसुकै कुनामा रहेका जुनसुकै उमेरका दशनामी महिला र पुरुषले यस प्रतियोगितामा भाग लिन सक्ने छन् ।

 

प्रतियोगीले नेपाली भाषामा रचना गरेको ३ देखि ५ मिनेट लामो कुनैपनि विधाको मौलिक रचनालाई स्वयम् वाचन गरी प्रतिस्पर्धामा समावेश गर्न सक्नेछन् रचना वाचनको भिडियो ‘वाइड फ्रेम’ मा खिच्नुपर्ने छ भने कसैमाथि आक्षेप लगाइएको, अश्लिल वा जातीय, धार्मिक, साम्प्रदायिक र लैङ्गिक विभेद गरिएका रचनालाई प्रतियोगितामा समावेश गरिने छैन । यसैगरी पहिलो चरणको सहभागिताका लागि रचनाको बिषयलाई स्वतन्त्र छाडिएको छ । दोस्रो र अन्तिम चरणको प्रतिस्पर्धाका लागि भने आयोजकले रचनाको बिषय तोक्ने छन् परिकल्पनाकार गिरीका अनुसार दोस्रो चरणको प्रतिस्पर्धाका लागि कूल प्रतियोगीहरु मध्येबाट ५० प्रतिशतलाई छनोट गरिने छ भने तेस्रो तथा फाइनल चरणमा ४ जना मात्र पुग्ने व्यवस्था गरिएको छ ।

 

जसमध्ये सबै पुरस्कृत हुने छन्। प्रतियोगितामा भाग लिन चाहने दशनामीहरुले आगामी असार १२ गतेभित्र [email protected] मा भिडियो पठाईसक्नुपर्ने । जानकारी दिनुभएको छ कुनै समस्या आएमा वा थप जिज्ञाशा भएमा कार्यक्रम संयोजक दीपक पुरीलाई सिधै ९८४३२९१९४३ वा ९८१८४२९८६४ नम्बरमा सम्पर्क गर्न सकिने कुरा समेत आयोजक ग्रुपले जानकारी गराएको छ यो प्रतियोगिता सम्पन्न भएपछि फन ग्रुपले क्रमैसँग नृत्य, गायन, अभिनय, वक्तृत्वकला लगायतका विधामा पनि प्रतियोगिता गराउँदै लाने कुरा संयोजक पुरीले बताउनु भयो ।

नियमहरु यस प्रकार छन:

१. प्रतियोगीहरूले आफ्नो रचना वाचन सुरू गर्नु पुर्व आफ्नो पुरा परिचय दिनुपर्ने छ।

२. सहित्य रचना आफ्नै हुनु पर्ने छ । कसैबाट साभार गरिएको पाइएमा प्रतियोगीलाई प्रतियोगिताबाट निष्कासन गरिने छ ।

३. कसैमाथी आक्षेप लाग्ने , अश्लिल शब्द अनि अर्थ प्रयोग गरेको रचना प्रस्तुत गर्न पाइने छैन ।

४. भिडियो ३ देखि ५ मिनेट सम्मको हुनु पर्ने छ ।

५. साहित्य रचना नेपाली भाषामा हुनु पर्ने छ।

६. रचना छन्द र स्वच्छन्द दुबै मा प्रस्तुत गर्न सक्नु हुनेछ ।

७. प्रतियोगिताको पहिलो चरणमा प्रतियोगिले आ -आफ्नो मनपर्ने बिषयबस्तुमा रचना प्रस्तुत गर्न सक्नुहुनेछ। दोश्रो र फाइनल चरणमा प्रतियोगिलाइ बिषय दिइनेछ।

८. असार महिनाको १२ गते भित्रमा भिडियो पठाउनु पर्ने छ । त्यसपछि आएको भिडियोहरू प्रतियोगिता समावेश गरिने छैन ।

९. भिडियो बनाउदा मोबाइल तेर्सो पारेर बनाउनु पर्ने छ।

१०. निर्णायकहरूको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

११. भिडियो बनाएर [email protected] मा पठाउन सक्नु हुनेछ । यदि त्यसमा केहि समस्या आए कार्यक्रम संयोजक दिपक पुरीलाई ९८४३२९१९४३ र ९८१८४२९८६४ मा सम्पर्क गर्न सक्नु हुनेछ । जय दशनामी