Logo

आन्दोलनको तयारीमा चलचित्र संघ

चलचित्र हलहरुको साझा संस्था चलचित्र संघले सरकारले मागको सम्बोधन नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।चलचित्र संघका पदाधिकारीहरुको जुम बैठकपछि चलचित्र विकास बोर्डलाई माग पत्र वुझाइएको हो । चलचित्र विकास बोर्ड मार्फत संघले सरकारलाई वुझाएको मागको सम्बोधन नभएको खण्डमा आन्दोलनमा जाने चेतावनी पनि संघले दिएको छ ।

https://www.youtube.com/watch?v=1_NO_-mo6n8&t=20s

चलचित्र संघले लक डाउनका कारण हलहरुको अवस्था दयनिय बन्दा पनि सरकारले आर्थिक बर्षको बजेटमा कुनै सम्बोधन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।चलचित्र विकास बोर्डमा संघले वुझाएको माग पत्रमा हलहरुलाई कर छुटदेखि सिंगो चलचित्र क्षेत्रको समस्याको बारेमा अवगत गराइएको छ ।चलचित्र संघको पदाधिकारीहरुको आज बस्ने बैठकले आन्दोलनको स्वरुप पनि तय गर्ने वुझिएको छ ।

https://www.youtube.com/watch?v=1_NO_-mo6n8&t=20s

प्रतिक्रिया दिनुहोस्