गत आइतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्माहत्या गरे । आफ्नै नीजि निवासमा उनले आफ्नो घाँटीमा पासो लगाएर देहत्यग गरे ।
उनको आत्माहत्याको कारण डिप्रेशन थियो । डिप्रेशनको कारण भने बलिउडकर्मीहरु नै भएको धेरैको आरोप छ । बलिउडमा भएको ‘नेपोटिजम’ अर्थात् आफन्तलाई मात्र मैका दिने कुराले सुशान्त डिप्रेशनमा पुगेको धेरैले बताइरहेका छन् ।
राम्रो काम गर्दा-गर्दै पनि उनलाई बलिउडका केही प्रतिष्ठित निर्माण कम्पनीले ब्याण्ड नै गरेका थिए । जसको कारण उनी डिप्रेशनमा गएको धेरैको आरोप छ ।
सुशान्तको मृत्युपछि नेपालमा पनि यस विषयमा बहश सुरु भएको छ । धेरैले ‘नेपोटिजम’को विषयमा बोलेका छन् ।
नायिका वर्षा सिवाकोटीले त नेपाली चलचित्र क्षेत्रमा भएको नातावादका कारण आफू पनि डिप्रेशनमा गएको फेसबुक स्टाटसमा नै लेखेकी छिन् ।
यहाँ क्षमताको भन्दा पनि नतावाद, समुह बनाउने, प्रेमका कारण चलचित्रमा काम गराउने प्रवृति रहेको वर्षाको गुनासो छ ।
नायिका नम्रता सापकोटाले ‘परिवारवाद’ नेपाली चलचित्र क्षेत्रमा हाबी भएको उल्लेख गरेकी छिन् । यहाँ कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन रहेको उनको आवाज छ ।
चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी भने नेपालमा ‘नेपोटिजम’ भन्दा पनि नेप्टेजम र चेप्टेजम हाबी भइरहेको बताउँछन् । उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘भारतमा परिवारवादको कुरा उठेसँगै नेपालमा पनि सुरु भएछ । हाम्रोमा परिवारवाद होइन, नोप्टोजम र चेप्टोजमको समस्या छ । गलत मान्छेहरू यही दाउरोमा भात पकाउँछन् ।’
नायक सुशिल श्रेष्ठ पनि चलचित्र क्षेत्रमा नेपोटिजम नभएको दावी गर्छन् । परिवारबादबाट आएका कलाकारहरुको को कति सफल भएका छन् भन्ने प्रश्न उठाउँदै राम्रो काम गर्ने कलाकार सधै सफल भइरहेको उनको भनाई छ ।
प्रतिक्रिया