गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पराईको सिन्दुर’ बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ ।
सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ । भिडियोमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय छ । भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समर सहायक निर्देशकको रूपमा छन् । अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ छ ।
यस गीत गीतकार ताराकै युट्युब च्यानल ‘सुनौलो तारा’बाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया