जर्मनीमा एकजना व्यक्तिले भुलबस अनलाइनमा यसरी क्लिक गरे कि २८ वटा टेस्ला कार खरिदका लागि अर्डर गयो ।अनलाइनबाट मोडेल थ्री को टेस्ला कार खरिद गर्नका लागि क्लिक गर्ने क्रममा भुलबस २८ वटा कारका लागि उनले अर्डर गर्न पुगे ।सोसल मिडिया प्लाटर्फम रेडिटबाट सार्वजनिक भएको उक्त घटना अहिले विश्वका धेरै मिडियाहरुमा छाइरहेको छ ।
नहोस् पनि किन १४ लाख युरोका २८ वटा टेस्ला कार एकजना मानिसले एकैचोटी अर्डर गरेको सायद इतिहासमै पहिलो पटक थियो ।उक्त घटनाको बारेमा उनै व्यक्तिका छोराले रेडिटमा पहिलोपटक लेखेका थिए । टेस्ला कम्पनीको वेबसाइटमा आएको गडबडीका कारण एउटा कार अर्डर गर्दा २८ वटा अर्डर भएको रहेछ ।
वेबसाइटमार्फत खरिद गर्दा कन्फर्म बटनमा क्लिक गर्दा खरिद कार्य सम्पन्न भएको मेसेज आएन । त्यसैले उनले पटक-पटक कन्फर्म बटन क्लिक गरे । त्यसरी खरिद गर्दा २८ पटक क्लिक भएछ जसका कारण उनीबाट २८ वटा कार अर्डर भएछन् ।
एकचोटी अनलाइनबाट खरिद गरिसकेपछि त्यस्ता कारको रकम फिर्ता नदिने नियम छ टेस्लाको । तर ती जर्मन व्यक्तिको हकमा चाहिँ टेस्लाले आफ्नो नियम नै बदलिदियो । उनका २७ वटा कारको अर्डर रद्द मात्र गरिदिएन प्रतिकार २८ सय युरो धरौटी तथा १ सय युरो थप रकमसमेत फिर्ता गरिदियो ।
एजेन्सी
प्रतिक्रिया