काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको छ ।
संसद सचिवालयका महासचिव डा.भरत गौतमद्वारा जारी सूचनामा जनाइएको छ । केही दिनअघि सांसद सरिता गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको संसद सचिवाललये विज्ञप्तिमा जनाएको छ ।
जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निश्काशन गरिएको सूचनासहितको पत्र संसद सचिवालयलाई पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिएकोले संविधान बमोजिम सरिता गिरीको पद रिक्त भएको संसद सचिवालयले जनाइएको छ ।
प्रतिक्रिया