हे भगवान : कोशी मा उच्च जोखिम ३६ ओटा ढोका खोलियो अपनाउन अनुरा।


 

 

 

अभिरल वर्षातको कारण प्रदेश नम्बर २ को सिमा क्षेत्र कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । निरन्तर वर्षातको कारण कोशी नदीमा पानी बढ्दै गएपछि कोशी नदीको फाटक खोल्ने क्रम पनि जारी नै रहेको छ ।
कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसंग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए ।

अपरान्ह ३ बजेपछि कोशीमा पानीको बहाव २ लाख १५ क्युसेक कटिसकेको जानकारी आफूहरूलाई प्राप्त भएको उनले बताए। उनले भने, ‘धनकुटास्थित तमोर नदी मुलघाटमा पानीको बहाव उच्च भइसकेको जानकारी आएको छ, तमोर नदी नै कोशीमा मिल्ने भएकोले यहाँपनि पानीको सतह बढेको हो ।’

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये ३६ वटा खोलिसकेको उनले बताए ।
पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ३६ वटा ढोका खोलिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दर्जनौं गाउँ डुबान पर्ने गरेको छ भने यो क्षेत्र वर्षेनी वर्षातयाममा बढी नै प्रभावित हुने गरेको छ ।

 

कोशीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गर्छन् भने अधिकांश गाउँवासीको उठिवास हुने गर्छ ।निरन्तर वर्षापछि कोशीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले उच्च सतर्कता अपनाउदैँ नदी वरिपरी नजान सर्वसाधारणहरूलाई अपिल समेत गरेको छ ।

सप्तरीका प्रहरी निरीक्षक कृष्ण प्रसाईले बाढीका कारण आउनसक्ने चुनौतीको सामना गर्न आफूहरू तयारी अवस्थामा रहेको बताए ।कोशी नदी र खाडो नदीमा बाढी आउदा हरेक वर्ष भारदह, पोर्तहा, जमुनिया, तिलाठी कोइलाडी लगायतका गाउहरू डुबानमा पर्ने गर्छन् भने गाउँलेहरुको उठिवास नै हुने गरेको छ ।
विगत वर्ष आएको बाढीले बगाएको तटबन्ध लगायतका निर्माण कार्य अधुरै रहेका कारण र यस वर्ष अधिक वर्षात हुने देखिएपछि सप्तरी र सुनसरीमा विगत भन्दा बढी यस वर्ष बाढी आउने अनुमान स्थानीय प्रशासनको छ ।