भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनलाई कोरोन संक्रमण पुष्टी भएको छ।


 

 

बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो । कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थए। अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।
७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह गरे ।
कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘मलाई कोरोना पोजिटिभ देखिएको छ ।

म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’
योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएपछि नायक अभिषेक बच्चनले पनि सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।