
प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन्।कोरोना संक्रमणपछि अमिताभ अस्पतालमा छन्।प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन्।
कोरोना पोजेटिभ देखिएपछि अमिताभ शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए।अभिताभले आफ्नो ‘पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला’ भन्ने जानकारी पनि ट्वीटमार्फत् दिएका छन्।














प्रतिक्रिया