स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको छ भने रियलमी ५आई मा निर्मित रियलमी ६आई मा अधिक पर्फमेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको छ ।
रियलमी ६
गेमिङका लागि शक्तिशाली प्रोसेसरः मिडियाटेक हेलियो जी९०टीद्वारा संचालित रियलमी ६ विशेष गरी अविश्वसनीय गेमिङ अनुभवका लागि डिजाइन गरिएको हो । यो प्रोेसेसर १२एनएम प्रोसेसमा निर्मित भएको छ जसले एकै समयमा शक्तिशाली र सक्षम बनाउँदछ । पछिल्लो र उत्कृष्ट जीपीयूसँग, सुपर फास्ट ¥याम र शक्तिशाली एआईका साथ रियलमी ६ ले मोबाइल गेम प्रेमिहरुका लागि सहज र आनन्ददायी गेमिङ अनुभव ल्याउँदछ ।
ठुलो ब्याट्री र फास्ट चार्जिङ: नयाँ अप्ग्रेड गरिएको ३० वाट्ट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टा भित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ । धेरै गेम खेल्दा पनि ३० वाट्ट फ्ल्यास चार्जिंगले मात्र ६० मिनेटमा ५५% सम्म चार्ज हुन्छ ।
सर्वोच्च दृश्य अनुभव:रियलमी ६ मा ६.५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुद डिस्प्ले का साथ १२० हट्र्ज टच स्याम्पिलिंग समावेश छ जसले स्क्रिनको प्रत्येक स्वाइपमा निर्बाध र स्मुद दृश्य अनुभव प्रदान गर्दछ । उत्कृष्ट स्क्रिन—टु—बडी अनुपातका साथ रियलमी ६ ले सर्वोच्च दृश्य अनुभव प्रदान गर्दै सेल्फी क्यामेराका लागि पन्च होल कटको सहायता गर्दछ । राम्रो सुरक्षाका लागि डिस्प्लेलाई कोर्निंग गोरिला ग्लास ३ ले सुरक्षित गरिएको छ ।
यति मात्र नभएर, रियलमी ६ पन्च होल लाइटका साथ आउँदछ जसले गर्दा फेसियल अनलक प्रयोग गर्दा वा क्यामेरा प्रयोगमा हुँदा क्यामेराको छेउ बल्छ । अन्य विशेषताहरुमा आखाँलाई थकित हुनबाट जोगाउन स्क्रिन कलर टेम्प्रेचर एडजस्टमेन्ट फंशन रहेको छ, त्यस्तै कस्टम कलर मोड जसले दुई कलर डिस्प्ले मोड र ओएसआईईलाई समर्थन गर्दै भिडियो स्पष्टता, रंगको तीव्रतालाई सुधार गर्दै समग्र दृष्टिलाई अझ उत्कृष्ट बनाउने विशेषताहरु समावेश रहेका छन् ।
चखिलो क्यामेराः १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामेराले एफ२.० अपार्चर, स्मार्ट ब्यूटी मोड, बोकह इफेक्ट लगायतको साथ प्रमाणित सेल्फी आवश्यकतालाई पूरा गर्दछ । यो विभिन्न लिंग, विभिन्न छालाका प्रकार विभिन्न अनुहारको आकार र विशेषताका साथ प्रयोगकर्तालाई नेचुरल र भद्र सेल्फी सहजै लिनका लागि विकसीत ब्युटी अल्गोरिदमका साथ आउँछ ।
रियलमी ६ मा नवीनतम फ्ल्यागसीप, अल्ट्रा—क्लियर क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ६४ एमपी मुख्य क्यामेरा, ८एमपी ११९ डिग्री अल्ट्रा—वाइड एंगल, म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट प्रोट्रेट लेन्स रहेको छ । वाइड एगंल मोडमा स्वीच गर्न एक क्लिक मात्र लाग्छ जसले प्रयोगकर्तालाई ल्यान्डस्केप, आर्किटेक्चर र ठुलो समुहको उत्कृष्ट तस्वीर लीन सक्षम गर्दछ । यसको म्याक्रो लेन्सले प्रयोगकर्तालाई नजीकै सटहरु लिन र ४सीएम दुरीका साथ माइक्रो विश्वको सुन्दरतालाई आविस्कार गर्न सक्षम गर्दछ ।
कमेटद्वारा प्ररित रियल डिजाइनःअँधेरी रातको आकारलाई विभाजन गर्ने कमेटद्वारा प्रेरित भएर, रियलमी ६ को कमेट डिजाइन चम्किलो र तीव्र छ । नयाँ अप्टिकल प्लेटिंग टेक्नोलोजीका साथ कलरको ब्राइटनेश र स्याचुरेशन क्रमश ६०% र ५०% वृद्धि हुन्छ र भिजुअल इफेक्ट चम्किलो र आँखालाई आकर्षक पार्ने छ । रियलमी ६ दुई कलर अप्शन— कमेट ह्वाइट र कमेट ब्लुमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया