शनिको साढे सातको ग्रह दशाको दोष हटाउन यस्तो गर्नुहोस ज्योतिषशास्त्र अनुसार
शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति पुर्याउने ज्योतिषशास्त्रीहरु बताउँछन् ।बिरलैलाई मात्र यसले लाभ गर्छ । त्यसैले शनिको साढे सात दशाको दाेष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनुपर्छ । यदि तपाईमा पनि साढे सातको दशा चलेको छ भने त्यसको दोष देखिने ज्योतिष शास्त्रीहरु बताउँछन् ।
यदि साढे सातको दशा चलेको छ भने तपाईको जीवन निकै कष्टकर बन्छ । तपाईले चाहेका कुनै पनि काम फत्ते गर्न सक्नुहुन्न । घरमा पनि अनिष्ठ हुन्छ । यस्तो दशाको दोष निवारणका लागि शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।यसबाट शनिको दशाबाट मुक्ति मिल्छ । यस बाहेक राशि अनुसारका निम्न उपाय गरेमा पनि शनिको साढे सातको दशाबाट मुक्ति पाउन सकिन्छ ।