विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९ ) का कारण बन्द भएको पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिनुभयो ।
कोषाध्यक्ष डा. थापाका अनुसार “मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उहाँ भन्नुहुन्छ । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् ।
निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेको पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारी बताउँछन् । कतिपयले अमालकोट कचहरीस्थित जलद्रोणी दक्षिण फर्किएको खञ्जनेश्वर, सिफलको भण्डारेश्वरलगायत आफ्नै बसोबासस्थल आसपासका शिवालयमा शिवको अर्चना गरिरहेका छन् ।
प्रतिक्रिया