दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।
ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास छ । तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विवाद र झगडा पनि हुने गरेको छ ।
सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाप पखाल्ने परम्परा छ । तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् । एजेन्सी
प्रतिक्रिया