दोलखा भिमसेन पछि पशुपति खोल्ने तयारी, कहिलेबाट खुल्छ ?


पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्ने भएको छ ।सरकारले जारी गरेको लकडाउन साउन ७ सम्म कायम रहने छ।
लकडाउन सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी भईरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोरोना भाइरस संक्रमणलाई मध्येनजर गरी सरकारले जारी गरेको निर्देशन पालना गर्दै मन्दिर खुला गर्ने व्यवस्था भईरहेको जनाइएको छ ।

महादेवको अतिप्रिय महिना मानिएको श्रावनमा दर्शन गर्ने केहि दर्शनार्थीहरु सो क्षेत्रमा आइरहेको र मन्दिर परिसर भित्र प्रवेश गर्न खोजेका छन् ।त्यसलाई मध्येनजर गरी कोषले खोल्ने तयारी गरेको छ।कोरोना महामारीका कारण बन्द गरिएको एकशिला तीन अवतारको रुपमा पुजिने नेपालकै प्रशिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणको लागि आज देखि खुल्ला गरिएको छ ।

शुक्रबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय छलफलपछि सर्वसाधारणका लागि आजबाट मन्दिर खुला गरिएको हो ।सुरक्षाको सबै उपाय र सामाजिक दूरी कायम गरी मुख्य च्यानल गेट खुला गरिएको बताइएको छ ।तर, मन्दिर मुलद्वारबाट भीमेश्वर शिलाको दर्शन मात्र गर्ने गरी मन्दिर खुला गरिएको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठले बताए ।
दोलखा बजारमा मनाइने गुल्ना पर्वका लागि मन्दिर नघुमी नहुने तथा जात्रा पर्व निन्तरताको लागि मन्दिर खुला गर्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।